a FAITH, fading but still deepening.........

तपस्या


कहिले काही भन्दा सामान्य लाग्ने शब्दहरुले पनि मथिङ्गल खन्बलाईदिने रहेछन् । सुन्दाखेरी त्यस्तो कुनै दुसाशय नभएको र सभ्य एवंम शिष्ट लाग्ने वा भनौ न आ–आफ्नो क्षेत्रको एउटा गजराज समान केही शब्दहरुले पैठराबाजी खेलिरहेका थिए मेरा मनमा ।
मित्र, तपस्या । साधारण अर्थ आउने शब्दहरु । तर सायद कसैले सोच्न बस्यो  भने महाकाव्य नै बनिदिन्छहोला यी शब्दहरुमा । विशेषत अन्य कृपालुहरुले कर्णलाई, मिश्रण बनाएर, दान गरेका यी शब्दहरुले मच्चिई–मच्चिई खेलिरहेका थिए । 
वर्गिकरण साथ यो पनि एक शब्द हुन सक्छ । सामाजिक सम्बन्धहरु वा आफ्नो प्रगाढता जनाउन मानिसको आफ्नो व्यक्तिगत घेरा हुन्छ रे , मनोविज्ञानले भनेको । आत्मियता, मध्यमा मित्र अनि साधरण बोलचाल । रेखाङ्कित गर्दा भित्रबाट बाहिर यसरी आउदो हुन्छ रे । 
यति सम्म बुझेको मानिस पनि रनभुल्ल । उतारचढाव पनि एक शब्द हो यसमा भुमिका भएको । सामान्यता बामे सर्ने हामी जस्ता लेखकले प्रयोग गर्ने शब्दहरु हुन यथार्थ चित्र र काल्पनिक चित्र । दिमागलाई थिचेर, पिटेर , निचोरेर काल्पनिक रुपरेखा बन्छ रे यथार्थको चित्र हेर्दा । उतारचढाव र मित्र यही कसीमा छन् । यथार्थ भनाउदो कल्पनाको सयरमा छन् र कल्पना भनाउँदा यथार्थको भुङ्ग्रोमा तापिईरहेका छन र एउटा गोलचक्कर बनेको छ यथार्थ र कल्पनाको । मनोविज्ञानका ती काल्पनिक रेखामा यथार्थ र कल्पनाको उतारचढाव । 
एउटा सम्मानजनका शब्द तपस्या लिन हुनु, हराउनु । ईश्वरीय पुरानो व्याख्यालाई हटाउँदा यस शब्दका साँचाहरु बाँकी रहन्छन् । नवरसका नौ रस मध्यका प्रचलित रसहरुमा लीन हुनु पनि एक तपस्या । प्रेममय पलका कल्पनाको उडानमा लीन हुनु पनि तपस्या । सुर्यलाई हत्केलाले छेक्छु भनी गर्ने मुर्खतापूर्ण कार्यमा भएको दृढता पनि एक तपस्या । पहिलेनै सुकिसकेको खोलाको त्यस बञ्जर जमिनमा पुनः मुहान फुटाउँछु भन्ने मुर्खाईमा लीन पनि तपस्या । 
अब उल्टो रुपमा उभिएका मित्रता र प्रगाढ आत्मियता एक अर्काका त्यस साम्बन्धीक घेरामा भित्र बाहिर भईरहेका यथार्थ या कल्पना या काल्पनीक यथार्थ वा यथार्थाेन्मुख काल्पनीक यथार्थ जस्ता उतारचढावका लीन म बबुरोको एक तपस्या ? 
परिणाम घनचक्कर..................


  एस.के.किरन
                 २०६७÷०५÷२४