a FAITH, fading but still deepening.........

‘होशियार’ 


अन्धकार र उज्यालो, कालो र सेतो,  अधोगति र प्रगति इत्यादि, इत्यादि, अर्थात पारस्परिक विपरीतार्थक शब्दावलीहरु । यदि यसमा सत असत पक्ष छुट्टायौं भने उज्यालो, सेतो, प्रगति एकातर्पm र अन्धकार, कालो, अधोगति अर्को तर्फ हुन्छन् होला । सामान्य रुपमा अघिल्ला शब्दावलीहरु सत र पछिल्ला शब्दावलीहरु असत हुल्छन् होला । तर पनि व्यक्ति सापेक्ष, भाव सापेक्ष, समय सापेक्ष, वातावरण सापेक्ष हुल्छन् होला यी कुराहरु । थाहा छैन् कति खेर असतको अगाडिको अ पतन भई सतको अगाडि डेरा जमाउने हो । कैयौ प्रयासरत छन् यो अप्राकृतिक कार्यमा । कैयौ पटक मानिसले प्रकृति माथि विजय गरेको गर्व गरी रछ्यानमा आफै मिल्किन पुगेको, थाहा छैन् । तर पनि ऊ आफ्नै खुट्टामा बञ्चरो हान्न निरन्तर उद्धत छ । समग्रतालाई एकै छिन पन्छाई लघुतम वा विशेषलाई हेर्दा पनि यो प्राकृतिक अप्राकृतिक कुप्रयत्न अगाडि आउँछ । सतको पगरी गुथी सन्तुष्ट भई गमक्क परी बसेका शब्द–पुर्ण विशेष या भाव विशेष वा मानिस विशेष वा देश विशेषको सेतो आङ्गमा असतका थोपा छिर्किरहन्छन् । कैयौ पटक असफल हुन्छन् त एकआध पटक विलयोन्मुख दाग लगाउन सफल पनि हुन्छ । तर पनि असफल अभगिरथ भगिरथ प्रयत्न गरिरहन्छ । उज्यालो भन्ने चिज सबैले मानि आएका  हुन् । सबैलाई राम्रो लाग्छ । तर पनि हेक्का नहुने कुरो कसैको चिता डढे पनि त उज्यालो हुन्छ, कसैको घर जले पनि त उज्यालो हुन्छ । यो सत वा असत ? हो यस्तै असत सतहरुले उज्यालोको वा सत पक्षको बदनाम गर्न पुग्छन् अनि असत पक्षको ४२ वटा दन्तहरु उज्यालो सन्मुख देखाउन बल पु¥याउँछन् । तथापि ती दन्तहरु काला हुन्छन्, कुरुप हुन्छन् तर पनि ती प्रदर्शन गर्ने तिनीहरुको चाहना हुन्छ । सके गाड्ने प्रयाश गर्दो हुन् । हिरा रछ्यानमा मिल्काए पनि, हिलोमा गाडे पनि चम्कन छाड्दैन् । उसको प्रकृति नै हो चम्कने, त्यस्तै सतको । यो त अजय हुन्छ, अमर हुन्छ । मानिसका मुटुमा प्रत्येक धड्कनमा बाँचेको हुन्छ, मस्तिष्कको प्रत्येक शिर्कामा श्वास अडिएको हुन्छ, सुषुप्त वा असुषुप्त, जुन अवश्थामा भए पनि । जब भान हुन्छ असत अजय बन्यो या घोषणा ग¥यो मृगतृष्णा भएर तब यी अवशेषहरुले ज्वालामुखी धारण गर्दाेहुन्छन् । हुङ्काँर सहित एकै श्वासमा असतलाई निलिदिन्छ । हो यति खेरको क्षण कस्तो हर्षमय हुन्छहोला । असतको तथाकथित विशाल भीडलाई सतको यथार्थमय विशाल भीडले खेदिरहेको हुनेछ । जहाँबाट आएको त्यहाँ नै, उसकै कालराज्यमा, सिमापारी । सके त्यहाँ पनि उसलाई ठाउँ नहुदाें हो, सुनेको । यस्तो दिन कहिले आउला भनी सायद कसैले पनि कुनै ढोङ्गीलाई सोधिराख्नु पर्दैन् । सच्चा मनले हृदयमा रहेको सतलाई साक्षी राखी सुन्नुस त कतै अअनाम, अअजात, कुठाउँको असत कुर्लिरहेको छ , सतलाई मेटाउँछु भनी, सिध्याउँछु भनी, खेद्छु भनी वा त्यसको राज्यमा राज गर्छु भनी, तथाकथित नाङ्गीसकेका असत सतसँग मिलेर । थाहा पाए पछि तपाई आफै खेद्न्न थाल्नुहुनेछ , राष्ट्रियताले, ठाडो शिरले..................................................................................  

एस. के. किरन
२०६५–०५–०३