a FAITH, fading but still deepening.........

संघर्ष.......


जीवन संघर्ष हो, संघर्ष जीवन हो.........यी पंक्तिहरु नसुन्ने सायद औलामा अटाँउछनहोला , भोग्दैंन भनेर ढाँट्नेहरु चाही धेरै हुन सक्छन् । यो पंक्तिलाई आदर्श ठानेर हिड्नेहरुको पनि भरमार छ  । यो पंक्तिलाई जन्माउने रचनाकारले यो एउटा सर्वव्यापी भोगाईलाई शब्दमा उतारे अनि ती शब्दमा जीवन फुकिदिए । त्यो जीवनलाई सबैले यसै पंक्ति मार्फत जिउछन् । 
साँघुरिदै जाने हो भने यो पंक्तिहरुमा एउटा व्यापकता छ,, पृथ्वी समान छ । अन्तरिक्षबाट त्यो पृथ्वी हो भन्ने बित्तिकै पृथ्वीका बारेमा सबै कुरा जानियो सबै कुरा बुझियो भने जस्तै हो । गुनासाका पोकाहरु जहाँ गए पनि जहिले पनि यताउता पल्टिरहेका हुन्छन् । जहाँ खोल्यो त्यही भवसागर । 
संघर्षलाई टाढाबाट ऊ त्यो पृथ्वी भन्नु र नजिकबाट नियाल्नुमा फरक हुन्छहोला । संघर्षको वर्णमालाका केही वर्णहरु सबैलाई थाहा हुन्छहोला । त्यो भन्दा केही धेरै भोगेका हुन्छन्होला , केलाउँदा अझै उदाँगिन्छन्होला । 
जीवन संघर्ष हो भन्नेहरु त्यती भनेर उम्के भन्छु म त । यी पंक्तिहरुलाई कर्णको बाटो हुदै मष्तिस्कमा धेरै पटक अर्थाउन पठाईयोहोला तर यस क्रममा कहिले पनि कस्तो संघर्ष, के संघर्ष, केमा संघर्ष.....भनेर बुझ्न अर्थाउन मौका पाएन यस मष्तिस्कले । 
जसलाई प¥यो उसैलाई ट¥यो, अचानाको पीर खुकुरीलाई के थाहा, सबैलाई आफ्नै व्यथा ठूलो....सायद यी केही शब्दका जोडहरु हुन जसले जीवन संघर्ष हो भन्ने पंक्तिलाई केही अगाडि लगे होलान् । आ–आफ्ना आफ्नै तर्क आफ्नै भोगाई र आफ्नै बुझाई, कतै मेल होलान् , कतै अमेल होलान्, कतै नाता पर्लान् र कतै गोरु बेचेको साईनो पनि नपर्ला बरु टकराव होला । तर पनि फेरि समग्रतामा जीवन संघर्ष हो, संघर्ष जीवन हो । 
म यो कदापी भन्न सक्दैन की संघर्ष नगर, न यो नै पो भन्न सक्छु की मैले कैयौ संघर्ष गरे र म यसमा  गनराज भए । वामे सरेहुला भन्दा पनि धक लाग्छ धेरै भने की भनेर  ।
यी शब्दहरु लडिबुडी खेल्दा डाँडा पारिका जुनहरु उदाहरण हुन् मेरा लागि । पढेका भन्दा परेपट्टीबाट विद्यावारिधि गर्नेहरु । मेरो उमेरमा दुई–तीन समाङ्क जोडेर बल्ल पुग्छुहोला तिनीहरुको बराबरीमा, फगत अङ्कमा र तँ किन यस्तो भावुक छस्, यस्तो प्रश्न सोध्न मन लाग्छ आफैलाई र एउटा यस्ता दृष्टान्त जसले जीवनभर संघर्षका ठेलीको नयाँ उदाहरण बनायो, जन्मदाँको स्वतः संघर्षमा समानता वाहेक अरु संघर्षमा समकक्ष हुन धेरै नै संघर्ष गर्नुपर्छ तब पनि अत्था मात्र भन्न सकिन्छहोला । 
भगिरथ प्रयत्न , सानामा सरले सिकाएको धेरै परिश्रम गर्ने । यो शब्द कैयौ ठाउँ प्रयोग गरे तब देखिएका संघर्षलाई । आज त यो शब्द प्रयोग गरे अवहेलना हुन्छ दृष्टान्तको ।  सबै संघर्ष सबै व्यवधानमा पारंगत भने पनि अतिशयोक्ति हुदैनहोला र तर पनि संघर्ष पछिको सुनौलो परिणाम माथिको तारा समान छ, यस्तो छ होला, यस्तो हुन्छहोला भनेर देखेर कल्पना मात्र गर्न सकिन्छ । थप अहिले झन ठूलो संघर्ष लड्दै छ ऊ, उसको जिन्दगीको सबैभन्दा ठूलो संघर्ष मृत्युसँगको संघर्ष.....जीवन ज्यूँनको लागि संघर्ष । मैले सुनेको संघर्ष मलाई ठुूला नलागेहोलान् , देखेको संघर्ष ठूलो लागेकोहोला, आफ्ना संघर्ष भनाउँदाहरु तुच्छ लाग्दा हुन् उसका अगाडी र म नतमष्तक छु यो संघर्षमा, सहयोगीको आवरण बोकेकाहरुको घातसँग लड्दै बढीरहेको त्यो संघर्ष । बास्तविक सहयोद्धाको चारैतीर बाढिएको संघर्षको परिभाषा र दायरा । मैले टुलुटुलु बसी हेरिरहेको त्यो संघर्षलाई सलाम र सलाम त्यस्ता सबै संघर्षलाई र समग्रतामा त्यही पृथ्वीलाई, जीवन संघर्ष हो, संघर्ष जीवन हो...................


 एस.के.किरन
                                                                                                   २०६७÷०७÷१३