a FAITH, fading but still deepening.........

मुन


“ हेर, अब मैले त्यो मुनलाई हान्छु , मसँग त त्यत्ति पावर छ , त्यहाँ मुनसम्म यो ढुङ्गा फाल्ने । ” यस्ता शब्दहरु मेरा कानमा पर्छन् । मेरो नजिकैे एक हुल केटाकेटीहरु आईपुगेका  रहेछन् । र तिनीहरु नै यो प्रतियोगिता गर्दै थिए, चन्द्रमालाई धर्तीमा बसेर ढुङ्गाले हान्ने । “लौ हेर मैले हाने ”, “मेले हान्दा त मुन भन्दा पनि माथिबाट ढुङ्गा गयो यार, देखिस् तैले ? ”, “अ, साँच्चै हेर त उसले त कति टाढा सम्म हान्न सकेको, मुन भन्दा पनि  माथि”, “लौ हेर त उसले फाल्दा त चमेराहरु पनि उडे ”। चमेरा पनि उडे रे ? मलाई अचम्म लाग्छ अनि म क्षितिजमा हेर्नपुग्छु । साँच्चै नै त्यहाँ केही उडिरहेका थिए । एउटा मृगतृष्णा । साँझपख बास बस्न उडीरहेका चराहरु रहेछन् । यो प्रतियोगिता निकै बेरसम्म चलिनैरहृयो । ढुङ्गा ट्वाङ्ग गर्दै यही धर्तीको कतै ठाउँमा खस्थ्यो त कहिले छपलङ्ग गर्दै नजिकैको तिलोत्तमामा । यिनै आवाजहरुसँगै विभिन्न दावीहरु पनि चुलिन पुग्थे । अचानक अर्कै हुल आयो, यसै  प्रतियोगितामा कुनैबेला विद्धता हासिल गरेकाहरु , तर हाल व्यवारिकताको बिर्को लागेकाहरु । सबै खेलाडिहरुलाई लगेर गए । रमाईरहेको म नितान्त एक्लो भए, सायद । तर मसँग केहि बाँकि थिए । बगिरहेको तिलोत्तमा, अँधेरिदंै गईरहेको धर्ति, माथि माथि गईरहेको जुन अनि मनमा उब्जिएका प्रश्नका पोकाहरु । जून त शितलताको प्रतिक हैन र, प्रेममा कति ठाउँ प्रेमरतिको लागि प्रयोग गरिन्छ या त स्वयम् प्रमिकालाई नै यसैसँग तुलना गरिन्छ । त्यसपछि ती बालसुलभ निरर्थक प्रयासहरु, झुठा यथार्थहरु अनि हातमा लागेका तुच्छ वाणीहरु......................................................................................
एस.के.किरन
                २०६६÷१०÷०८