a FAITH, fading but still deepening.........

म...

बाबू त यसो गर, छोरा त यो किन गरिरहेको छस्, त्यो त नगर, यसो गर, यार तिमी त अति नै रहेछौ, यस्तो गरेर पनि हुन्छ, यस्तो हैन, यस्तो पो गर्नू पर्छ, यस्तै यस्तै शब्दहरु यो कानले यसरी सून्नू पदर्छ कि कसरी आफ्नो वरिपरी आफैबाट अपरिचित आफ्नो आवरण बनिदिन्छ, पत्तो नै हुदैन् ।
जीवनको सुरुवातबाट नै मानिसहरु अभिनय गर्न थालेका हून्छन् । नवजात शिशु पनि पोख्त भई दिन्छ, नाटकीय श्रृंखला सूरु गर्न । संगै टाँसिएको आमा खोज्न चीया बाट सुरु हुछ उसको अभिनययात्रा, क्रमिक रुपमा यो यसरी झाङ्गिदो हुन्छ कि उसले मलाई अभिनयको अ नै थाहा छैन भनी सबैभन्दा ठूलो अभिनय गर्न पुग्छ । 
मानिसले आफूलाई रक्षा गर्न कवच धारण गर्छन रे । कवच पनि अनेक रुप धारण गरेको हुन्छ होला , ........ ठोकुवा हो नै । घाँटीमा झुण्डाउनेबाट लिएर बोक्न नसक्ने धातू हुदै निरन्तर अदृष्यसम्म पो पुग्ने रहछ । तर अचम्म यो अदृष्य कवच त झनै जाद्रो पो हुने रहछ । हलूका भएर गहृौ हून्छ र गहृौ भएर हिड्नै नसक्ने गरेर पछारिदिन्छ । र प्रवल सम्भावना पछाडि खिच्दो हो । 
भौतिक विज्ञानको सर्वमान्य नियमानूसार सबै भौतिक पिण्डबीच आकर्षण हून्छ रे र त्यसै स्वरुप कुनै न कुनै सम्बन्ध गाँसिदिन्छ रे, होला पक्कै । भौतिक विज्ञानले सायद अस्विकार गर्ने तर भौतिक विज्ञानकै विस्तारित रुप होला । भावनालाई पनि समेटिदिन्छ र आकर्षणको बाटो, भावना माध्यम र सम्बन्ध गन्तव्य बनी दिन्छ । धागोसँग तुलना गर्दोहुन सायद बुद्धिको खेती गर्नेहरु । मूर्ख सम्झन्थे सबै कालिदासलाई टुप्पामा बसेर फेद काट्दा । तर पटमूर्ख त यी पोरहेछन । एउटा काट्दै छ, अर्को जोड्दै छ , अन्त्यहीन प्रतियोगिता र अन्त्यमा पुरस्कार पीडा, अपमानबोध । 
पागल सज्जन हुदो हो किन कि पागल देख्छरे ऊ अरुलाई । सत्य त यो पो त । कुनै बाँध छैन, व्यवधान छैन, फूक्का स्वतन्त्र । धक फेरेर भन्न पाउँदछन है ऊ त । शब्द, शब्द नभई व्यवहार, व्यवहार मात्र पनि नभए शरिर नै पो ।   
बुझ्नु हुदैन तिमी यी शब्दहरु, संगती नमिलेका छन् । तिक्त छन्, प्यासी छन् पो कि त, भोको चाँही पक्कै नै हैन,  अघाएका छन् यी ....... यसरी, त्यसरी ....... अभिनय जिन्दगी, ........ कवच लगाउँदै, ...... धागो छिनाल्दै ......... पागल पो .......  त्यो म नै ........

एस.के.किरन
६६÷०२÷३१