a FAITH, fading but still deepening.........

भोलि


”ल हेर वाबु हो, हिजो हामीले आन्दोलनका केही आधारभुत कुराहरुको बारेमा पढ्यौ । हामीलाई थाहा भयो आन्दोलन कसरी गर्ने ? कहाँबाट सुरु हुन्छ र सुरु गर्न के के गर्नुपर्छ .......ईत्यादि ईत्यादि । ......ल आज अब हामीले पढ्नेछौ आन्दोलनमा प्रयोग हुने विभिन्न सामाग्रीको बारेमा । पहिला ढुङ्गा.........” । ऊ यसै गरेर आफ्ना विद्यार्थीहरुलाई पढाई रहेको थियो । ऊ अर्थात यो देशको एउटा दक्ष जनशक्ति, एउटा विद्यालयको शिक्षक, आफ्नो क्षेत्रको गजराज, समाजको बुद्धिजीवि, भविष्यका कर्णधारको पथ प्रदर्शक..............
यस्तै दक्षता थियो आजकलका दक्ष जनशक्तिको । यसका लागि कहिले काहि आफैलाई धिक्काथर्,े हिजोको लागि । हिजो राम्ररी पढेको भए, हिजो मुसाको परिवारलाई क्षतिपूर्ति दिलाउन आन्दोलन नगरेको भए, हिजो लहडमा नलागेर आफ्नो बुद्धि प्रयोग गरेको भए, कुर्शीको सिँढि बन्ने पौठराबाजी नखेली कुरीति, कुसंस्कार, कुनीति बिरुद्ध लडेको भए........आज हाम्रो पाठ्यक्रम पनि अरुसँग प्रतिष्पर्धा गरिरहेको हुन्थ्योहोला, हाम्रा जनशक्ति अरुसँग बराबर हुन्थेहोला..........................तर बाँकी छ मात्र पश्चताप खाडल खनेकोमा जसमा यी पछिका पिँढी पनि पुरिदैछन्...............................

                                                                                     एस.के.किरन
              २०६७÷०२÷२