a FAITH, fading but still deepening.........

बिर्सने-दुःख


“हेर बावु मानिसको भुल्ने बानी पनि एउटा बरदान नै हो । यदि मानिससँग भुल्ने बानी हुदैन्थ्यो भने सायद मानिस मानिसनै रहन्थेनहोला । सायद ऊ एउटा हिड्ने डुल्ने प्राणी मात्र हुन्थ्योहोला जसको दिमागले काम त ग¥थ्योहोला तर सायद सिर्जनशीलता हुदैन्थ्यो, दिमागमा विद्युतीय तरंग त हिड्थेहोला तर त्यो उत्पादनहीन, अउपयोग्य हुन्थ्या । ” यस्तै आशय भएका शब्दहरु मैले कुनैबेलामा सुनेको थिए । मेरो एउटा आदरणीय व्यक्तिŒवबाट । त्यतीखेर मलाई ती शब्दहरुको मोल थिएन, अर्थ लाग्थिएन  मलाई । एउटा जालो जस्तो लाग्थ्यो जसको पार पाउन म सक्दैन् । सानो मगज , कुरा सायद त्यस  भित्र छिर्दैन्थ्योहोला ।
 आज आएर कैयौ वर्ष पछि ती शब्दहरुका अवशेषहरुलाई सम्झदा पनि मनमा कता कता अनेक विचारले गोता मारिरहेका हुन्छन् । समयक्रमसँगै सायद मेरो बुझ्ने क्षमतामा पनि कुनै छिपछिपे परिवर्तन आएको होला र मैले यी शब्दहरुले रुप धारण गर्दो पाउँथे । अनी म आफैलाई प्रतिप्रश्न गर्न पुग्थे, के साँच्चै भुल्ने बानी वरदान हो त ? अहिले आएर केलाउँदा कता कता हो जस्तो पनि लाग्छ । तर पनि सानैमा बसेको अर्को छाप केही भुल्नु हुदैन बावु, अक्षरंश याद गर्नुपर्दछ, त्यस्ले निर्माणमा नयाँ खुड्किला बनाउँदै जान्छ ले द्वन्द गरिरहेको हुन्थ्यो । 
सुख र दुःख तौलिदा सायद मानिसको भागमा दुःखनै धेरै पर्छहोला । परेला झिम्काउँदा लाग्ने पलहरुको समान समयअँश खाने सुखको निम्ति मानिसले कहिल्यै पार लाग्दैन कि क्या हो जस्ता दुःखका पहाडहरुलाई छिचल्दै हिँड्नपर्छ । पेटको क्रन्दन, आफन्तसँग हाँस्दा हाँस्दै गर्दा भएका वियोगहरु, बाँच्नको लागि संघर्ष गर्दा ठेली परेका हातहरु, हिँड्दा हिँड्दै फुटेका पैतालाहरु, अभावसँग पैठराबाजी गरेका क्षणहरु, तिरस्कारका घाऊहरु, शरीरले धोका दिई निम्ताएका स्थाई वा अस्थाई पाहुनाहरु, तीखा वचनका खाटाहरु, अपमान विषका घुट्काहरु, धोकाका विगतहरु इत्यादि इत्यादि । एउटा वर्णन गरेर नसकिने भाव, एउटा तितो सत्य, एउटा कटु यथार्थ ।
एउटा सामान्य वा असामान्य दुवै मानिसहरुले यी यावत समुन्द्रहरुमा डुबुल्की मारिरहेको हुन्छ । यदि कसैलाई लाग्दो हो छैन भने म त्यस मित्रलाई खुट्टा अलि पर लैजानुस त , तपाई एउटा सानो विन्दुको भरमा नृत्य गरिरहेको हुनुहुन्छ भन्नेछु र त्यो नै सत्य हो । वास्तवमा त मानिसको दुःखको क्षण त मृत्युसँगै मात्र पूर्णविराम लाग्छ । सायद यो मायावी संसार त्याग्दाको क्षण या अब उपयोग गर्न पाउँदैन भन्ने ज्ञान हुदाँको क्षण सबैभन्दा दुःख लाग्दोहोला । बिडम्बना त्यो बोध पछि त सुख नै छैन । बच्चाको पहिलो च्याँ पनि सायद दुःखले गर्दा नै होला । अहिले सबै बिर्सियो र पो । 
त्यो मानिसको खुट्टामा देखिएको अस्थि भन्दा त मेरो खुट्टामा कोतरिएको ठुलो, किनकी यसको पिडाबोध छ मलाई न की त्यस्को कारण म त्यो अनुभन गर्दैन । सामान्य मानिसको सामान्य तर अत्यन्तै असामान्य प्रतिक्रिया । 
ल अब सोचौ त हामीले यी सबै दुःखको समुन्द्रमा कति पटक हाम फाल्यौहोला, डुबुल्की मा¥यौ । अनगिन्ती पटक, म यसमा ठोकुवा गर्नसक्छु । यस ठोकुवामा अर्को एउटा कुरा पनि अटाउँछ । फेरी मैले जीवनमा भोगेका  सबैभन्दा पीडादायक क्षण सम्झदा कन्नुपर्दछ । यही हो विर्सने गुणको महिमा । त्यतीखेर सायद ती परिस्थिती हाम्रो लागी भीमकाय दानव थिए र सायद हामीलाई लाग्थ्यो यो क्षण नै जीवनको सबैभन्दा ठुलो दुःखको पहाड हो । यसलाई मात्र पार पाउन पाए त... । तर त्यस पछि  पनि यी भन्दा ठूला पहाडहरु आएहोलान् जीवनमा । तर हामीलाई अहिले याद छैन, बिर्सिसकियो ।
म मेरो विगत बिर्सन सक्दैन्, म मेरो दुःख बिर्सन सक्दैन् । अरे तिमीले सम्झकेकाछौ के ? यस्तो भयो, उस्तो भयो । समयका अनगिन्ती पलहरुलाई निलेको घटना वाक्यका केही समुहमा सप्रसंग व्याख्या हुन्छ । के सम्झकेका रै छौ त तिमीले ? सय भागको एक भाग पनि सम्झदैनौ भने के सम्झको भन्नु नी । किन फगतमा डम्फो बजाउछौ ? त्यसैले त्यसलाई बिर्स । बिर्सिदेऊ ती काला क्षणहरु जसले तिमीलाई बन्धक बनाएको छ, साना वाक्यको टुकडीको सहारामा , दिमागको कुनै कुनामा मिल्काईएको एउटा उत्तेजनामा जो आफैलाई हावी बनाउन प्रयासरत हुदाँेछ । बिर्सनु एउटा महान गुण हो, अगाल त्यस्लाई । सम्झनु त छदैछ केही कुरा भने सम्झ आफ्ना अठोटलाई, आफ्ना लक्ष्यलाई । ती पूरा गर तिम्रा प्रियजन, शुभ चिन्तकका मुहारमा खुशियाली छाउने छ र स्वतः निरुत्साहित हुनेछन् तिम्रो कुभलो चाहने दोपायाहरु । प्रियजनहरुको दुःखमा साथ दिए भन्दै दुःखको पानीलाई साथको कागनले नछोप, त्यो निरर्थक हो । बरु खुशियालीले त्यस दुःखको मुहान सुकाऊ । 
तर पनि एउटा अर्को महŒवपूर्ण पाटो यदि त्यो पीडालाई, दुःखलाई क्रन्दनमा मात्र नलिएर एउटा उर्जामा परिणत गर्ने आँट गर्छौ, हिम्मत छ त्यस्को लागि, गर्न सक्छु भन्ने अठोट गर्छौ भने , यो तिम्रो एउटा ठुलो उर्जा शक्ति हो .......
शुभकामना तिमीलाइ, मलाई, अनि सबैलाई...............

 एस.के.किरन
              २०६७÷०५÷०९