a FAITH, fading but still deepening.........

प्रभाकर


आँशु आउछन् उसको आँखामा वा भनौ आँखा रसाउछ, तर पनि ऊ ती आँखाका पीडालाई छचल्काई तल झार्न सक्दैन, किनकी ऊ त अभिनय गरिरहेको छ निरन्तर, हाँसेको अभिनय र सायद ऊ पूर्ण वा भनौ पोख्त कलाकार पनि हो । दूनिया हाँस्छन् उससंगै संगसंगै, सायद कदममा कदम मिलाउँछू भनेर पो हो कि । तर के थाहा ऊ टाढा छ, देह मात्र छ, खोक्रो अभिनय मात्र छ उनीहरुको अगाडी । 
पोख्त कलाकार ऊ र उसको प्रत्येक पलमा रसाएको आँशु अनी कारक पीडा लूकाएको छ, प्रदर्शन गरेको छ, विपरीत र लूकाएको छ । प्रत्येक पलमा पीडा उसको निम्ति अझै पीडा बनिदिन्छ । दृष्य उसको निम्ति पीडाको प्याला बनिदिन्छ । कति हाईसञ्चो हूंदो हो यदि मेटाइदिन सक्थ्यो, प्रत्येक पललाई चूनिचूनि, प्रत्येक दृष्य केलाई केलाई, आहा अब बा¤की रहेका दृष्यले मलाई सूखपान मात्र गराउनेछन् , ढूक्क संग भन्न सक्थ्यो होला ऊ, अनी गम्न सक्थ्यो होला अन्यलाई । तर यो त फगत दिवा स्वप्न मात्र । नत पलहरु विलिन हूनेछन् न फोका बनिदिनेछ पीडाहरु । बस ऊ पिईरहेनेछ प्यालाका प्यालाहरु, क्रमश, निख्तर, अझै, धेरै, लिदै, लेऊ, पूकार्दै । 
अमूर्त निर्जीव साक्षात्कार पनि सार्‍हो बनेर आउँदो रहेछ । जल विहिन मदिराको अभिनय गर्दो हून यी साक्षात्कारले तर असर त अभिनय हूने रहेनछ साच्चै नै, लाग्यो उसलाई । तर फरक छ मदिरा आनन्द दिदो हून्छ असामाजिक सामाजिक लाई तर यसले यस नमूनालाई त दोब्बर तेब्बर असर बनाईदिन्छ पीडाको, असड्ढय हुने गरर । भयो, रोक अब, म सहन सक्दैन ........ यो सिमाना हो ...... उसलाई चिच्याउन मन छ अग्लो पहाडको टूप्पामा गएर जहाँ बाट उसका ध्वनीहरु गूञ्जीनेछन् टाढा सम्म, पर क्षितिज सम्म लगातार कैयौ पटक, र सून्नेछन् तिहरुले जसले यो बोल्न थाल्यो भनेर उसले मूख खोल्दा कान ढोपेका छन् र उनको मूखको चालको पूर्णविराम संगै कान खोल्नेछन् । तर झूक्किनेछन् र सून्नेछन् ती शब्दहरु, ती पीडक र पीडाका शब्दहरु । तर लाग्दैन उसलाई ऊ यो गर्न सक्नेछ , किनकी विचाराको रंगमञ्चमा त्यो पहाड नै छैन, झ्याउकिराको राज छ । 
ऊ, पीडा, आँशु, असह्य, छटपटाहट, अब त मिल्ने साथी, मित, जीवन साथी, ऊ यस्तै भन्दै चिच्याथ्यो, मेरो ठूलो चाहना छैन् केवल आत्मियता पाउने त्यो पनि अंस मात्र ............झ्याली पिट्थ्यो.............तर मनमा मात्र................................... ऊ .......................... तर पनि सायद यसै गरी लब्विरहेछ दूरी, दूई किनारा हूने गरेर ............... निरन्तर .......................।
                                              एस.के. किरन
                                             २०६६÷०३÷२९