a FAITH, fading but still deepening.........

तयार


 सर्ट ठीक छ ? अँ ठीक छ । कपाल......अँ ठीक छ । अनी टाई, त्यो पनि राम्ररी नै झुण्डेको छ । अँ अनी चश्मा र घडी.......... लगाएको छु, राम्रो  छ । सर्टको गोजीमा कलम छ, त्यसले व्यक्तिŒव थप्छ रे । प्यान्ट पनि राम्रो छ, स्त्री लगाएको, धारिलो, छोए पनि काट्ने जस्तो । दाँत...........ती पनि सेता छन्, अघि भर्खर मात्र मलेको । त्यो–त्यो मुखमा दल्ने क्रिम, अँ....... ल, त्यो पनि लगाए । अत्तर नी अत्तर, त्यो त बाँकी नै रहृयो नी, पख.................ल यो पनि भयो । खै खै ऐना हेरौ त .........। ल सब ठीक छ । अब म तयार छु, दुनियाँ नामधारी रंगमञ्चमा जान.................हाँसीरहेको, खुसी भएको अभिनय गर्न...........................।



एस.के.किरन
       २०६६÷०४÷२१