a FAITH, fading but still deepening.........

चाँदनी


आज चन्द्रमा छैन, आकाशमा, निस्पट्ट अँध्यारो मात्र छ, डम्म कुहिरोले ढाकेको अनि सारा वातावरण नै रोएर आशुंको रुपमा शितलाई वर्षाउदै छ लगातार, तपतप...तपतप...... गर्दै । पात्रो हेर्दा आज पूर्णिमा, पूर्ण चन्द्र हुनुपर्ने, चम्किलो, सेतो, लोभलाग्दो, मनमोहक, सुन्दरताको प्रतिरुप जस्तो । त्यो छैन, उज्यालोको त क्लेष पनि छैन कतै वातावरणमा  ।


चन्द्रमा पनि प्रतिक बनिदिदो रहेछ । मान्नेको देवता अनि अर्को पट्टिको लागि ठूलो कौतुहलताको डल्लो । कुनै बेला मन शान्त हुन्थ्यो यही चन्द्रमा हेरेर, सम्झदै, अर्को कुनै कुनाबाट पनि त यही खाले कुनै ठाउँ विशेषलाई चियाईरहेकोहोला, उज्यालो छरिरहेकोहोला , अनि मुस्कानको कारण बनिरहेकोहोला । हो यही कारकपनले मेरो लागि पनि कारक बनिदिन्थ्यो अनायसै मेरो ओठमा आउने मुस्कानको, क्षणिक भए पनि । 


यो चन्द्रमा पनि अचम्मको हुदो रहेछ, खै मलाई मात्र लागेको हो की ? कुनै बेला बैशले मत्त भएको बेला जस्तो, पूरा संसारलाई आफ्नो अधिनमा लिदा, यो एउटा सत्य जस्तो लाग्थ्यो । तर त्यसको केही अंश मात्र मेरो पोल्टामा आउथ्यो कारकको रुप धारण गरेर । पूरा त लिने ममा सामर्थ थिएन वा दिने यसमा, थाहा भएन् । तर पनि ठीकै छ, क्षणिक नै सही कारक त हो । तर ठीक त्यस्को उल्टो आज त्यो नउदाएर, यो नभएर मेरो विषय बन्यो । कुनै बेला मलाई आँशिक लाग्ने यो चन्द्रमा आज नभएकाले पूर्ण भयो मेरा लागि । मेरो साथको लागि नै लुकिरहेको हो की जस्तो लागिरहेको छ मलाई । ग्रहणले त्यस्को पुष्टाई पो गरिरहेको हा की ? विगतमा कहि कतै लेखेको थिए मैले, शब्दविहिनताको अवस्थालाई । हो आज पनि मसँग सायद शब्द अभाव छ यी मनस्थितीको लागि । न कोर्न सकिरहेको छु न त व्यक्त गर्न नै । लिदै हिडिरहेको छु, छटपटाईरहेको छु, एउटा आशमा, जुन आशनै हेन्, कस्तो आश ? त्यहीबेला देखिएको यो, नदेखिएको चन्द्रमाले मेरो मन खिच्यो र मलाई यो आभस भईरहेको छ की हेर किरण, म मेरो किरण नछर्दा तेरो किरण छर्न सक्ने सामर्थ पो राख्छु की ? एकपटक गर्न त दे । “ ल ठीक छ” । कोही सुनिदियो त यो नदेखिने चन्द्रमाको कुरा , चाँदनीविहीन भएर शितलता नछरीकन मलाई लेप लगाउने कोशिश गर्दैछ । प्रयास निरर्थक त नबनाईदियो । असफल भयो भने सायद मलाई कहिल्यै यसरी सहयोग गर्ने कोशिश गर्दैन पो की, कहिल्यै यसो भन्दैन पो की.........................................






एस.के.किरन
                २०६६÷०९÷१६