a FAITH, fading but still deepening.........

खरानी




फूँ .......फूँ ...... फूँ, ऊ यस्तै गरेर निरन्तर फूकिरहेको थियो, निरन्तर अन्त्य भन्ने कहाँ नेर हो, हेक्का नै नराखी । सायद अब उसको जीवन भन्नू नै फूक्नू थियो । खरानी फूक्नू ,ऊ आफ्नो वरिपरी अवशेषहरु राखेको थियो, खरानी राखेको थियो र निरन्तर यसै गरीनै फूँकी रहन्थ्यो । 
खरानी माथि नाँचिरहेको ऊ, त्यस खरानीलाई नै जीवन ठान्थ्यो, यो जीवन्त तर ऊ नाँचिरह्यो । ऊ ठान्दथ्यो या लाग्थ्दयो उसलाई खरानी फूकेर हावा उड्दा खेरी ती बितेका दृष्यहरु बन्नेछन, ती अनुभूतिहरु पूर्न जिवन्त हुनेछन्, उसले दोहोर्याएका गल्तीहरु दोहोर्योउने छैन र अगाँल्ने छ उसले त्यो चूली । हो यसैका लागि ऊ खरानी फूँकिरहेको थियो, खरानी घसिरहेको थियो, उसका लागि खरानी बोल्दथ्यो , खरानी हाँस्दथ्यो, खरानी कूरा साट्थ्यो , खरानी बात माथ्र्यो । तर पागल पागल ऊ, उनी सिद्धिईरहेकेको खरानी र ढाकेको निरर्थक प्रयास । 
एस.के.किरन
२०६६÷०३÷०३