a FAITH, fading but still deepening.........

कुकुर र तपाई



“तैले कुकुरले पनि नपाएको दुःख पाउँछेस् ” यस्ता शब्दहरु मेरा कानमा पर्छन् । मेरा लागि प्रयोग गरिएका शब्दहरु नभए पनि त्यसले एउटा अनौठो किसिमको सम्भवत पीडा मिश्रीत अनुभुति दियो मलाई । मानिस भन्छन सुख र दुःख भनेको एक अर्काका पुरक हुन, एउटाको अस्तिŒवले अर्काको अस्तिŒवलाई टेवा पु¥याईरहेको हुन्छ । सापेक्षतावादले सबैले ढाकेको बेलामा यहाँ निरपेक्ष रुपमा दुःखको दुरदुहाई दिइईरहेको थियो । 
अब हेरौ सुख केलाई भन्ने ? कुकुरले सुख पाँउछ या दुःख यो मानवले थाहा पाउनु राम्रो हो । कसैको व्याख्यामा पर्ने सुख — आनन्दसँग बस्न पाउने, काम नगरिकन सुखसयल काँट्न पाउने, मिठो मसिनो खान पाउने । र मलाई शतप्रतिशत पक्का थियो यदि यो सुख हो भने यस वक्ताले पनि अरुलाई सचेत गराउने क्रममा आफै सबैभन्दा दुःखी थियो । हामीले देख्छौ टाउको ठाडो पार्नु पर्ने भवनहरुमा यो व्याख्याको पराकाष्ठ भोगिरहेका कुकुरहरु ।  योे मानेमा त यहाँ वक्ता कुकुरले पाउने सुखको सानो अंश त कहाँ हो कहाँ यसको त कल्पना मात्र गर्न सक्छन् सुख यो होला भनेर । यहाँ चरितार्थ हुन्छ अरुलाई देखाउँदा चारवटा औला आफैतीर फर्कन्छन् भन्ने कुरा । लक्ष्य लिनुहोस् यो कुकुर भन्दा सुख पाउने । 
अब यही व्याख्याको आलोचनात्मक पक्ष या आलोचकका कुराहरु पनि लिनुपर्ने हुन्छ । कतिपय आलोचक पक्षले सुख भनेको त अरुको मुहारमा देख्ने दावा गर्छन । आफु जीवनमा संघर्ष गर्ने, बाँच्नको लागि, बँचाउनको लागि, फेर्नको लागि, परिवर्तन गर्नको लागि । यो व्याख्या गएर मिल्छ सडकमा बसिरहेका कुकुरहरुको लागि । उनीहरु जे भेट्टाउछन् त्यो खान्छन् र त्यस्का लागि संघर्ष गर्छन र नितान्त निष्फिक्रि छन् । उनीहरुले कसैको निम्ती पुच्छर हल्लाउनु पर्दैन । मानवीय दुष्कर्मको आहालमा प्रदुषित शरीर चाट्नु पर्दैन, स्वतन्त्र, फुक्का । जहाँ गयो, त्यही घर , जे खायो त्यसैमा सन्तुष्टि । यो दृष्टिकोणबाट पनि हाम्रा वक्ता तल नै रहे । विचरा उनी त अरुको अगाडि अभिनय गर्नुपर्छ, बाध्य छिन्, बाँधिएकी । विचरा.......
धत् यस्तो पनि सुख हो । यस्तो दुःखलाई पनि सुख भनेर व्याख्या गर्छन । जुठोपुरो खायो, घर छैन, पानीमा भिज्योे, घाममा डढ्यो, लाती खायो, लाठी खायो । यस्तो पनि जिन्दगी हो ? यो पनि एक तर्क रहन सक्छ । तर म यस्तो तर्क गर्नेलाई भन्न चाहन्छु दुःख पनि नगर्ने रे, काम पनि नगर्ने रे, चाकरी पनि नगर्ने रे अनी कहाँबाट आउँछ माम ? सुख सयल मात्र भएको कोही जीव छ भने कृपया उदाहरण दिनुहोस । तपाईको जिन्दगीमा सुख मात्र रहेछे भन्नुहोस, म सुखी छु भनेर । तर मित्र यो त केवल आत्मरति हो, मृग तृष्णा हो । मेरो नजरमा त तपाई संसारको सबैभन्दा दुःखी । आफ्नो निम्ति केही गर्न सक्नुहुदैन, पाउनुहुदैन । अरुको निम्ति अभिनय गर्नुपर्छ । तपाईले के सोच्ने, कस्ता विचार बनाउने त्यस्को जग अरुले राखिदिनुपर्छ । तपाईले अरुको दुष्प्रचार गर्नु पर्ने मानसिक बाध्यता छ, तपाईको स्वतन्त्रता बन्धकी छ । तसर्थ म भन्छु मित्र, तपाईले पाए जस्तो दुःख कसैले नपाओस् र सक्नुहुन्छ कुकुरभन्दा माथि उठ्नुहोस् तर तल नबस्नोस । कुकुरले जस्तो बफादारिताको उदाहरण बनाउने कोशिश गर्नुहोस् । कुनै राग या मेरा भनाउँदा तपाईका मस्ष्किका विचारका उपज हैनन् , तपाई पनि देख्दा दोपाया भएकोले भनेको...............कर छैन्................................                                



                                                              एस.के.किरन
                २०६७÷०१÷२६