a FAITH, fading but still deepening.........

किन


तोले, छे्य, नाजे, क्यु, हवाई, किन । यानिकी सबैको नेपालीमा अर्थ किन । तिमीलाई थाहा नै छ , मैले भनेको पनि थिए, पहिला पनि, मैले किनको बारेमा लेखिसकेको छु । तर पनि आज यो लेख्दा मैले अन्य सबैलाई रद्दीको टोकरीमा मिल्कारइ लेखिरहेको छु । यस किनको जवाफ म सँग छैन् । किनभने म बताउन चाहन्न । अहिले तिमीले, मैले, अरुले किनको किन यति धरै प्रयोग गरिरहेका छौं, सबै अन्योलग्रत नै छौं होला । सायद यि किनको किन तिमीसँग पनि छैन् होला र किन छैन् यो पनि रहस्य नै होला । सायद सबैले आफ्नो जीवनमा किनको चर्चा कुनै न कुनै बेला गर्छन् होला । सायद हाम्रो जीवनमा त्यो क्षण अहिले आएको हो कि ? किनको चर्चा त पहिला पनि हुने गर्दथ्योहोला है ? तर सायद तलसम्म नै डुबेको यो पहिलो चोटी हो कि ? मेरो त यो पक्कै पहिलो चोटी हो । याद छ मैले तिमीसँग एउटा शब्दावलीको प्रयोग गरेको  थिए “इदम् पूर्णम्” । सायद सुइँको पनि दिईसकेको थिए कि म किनमा नै इदम् पूर्णम् देख्छु भनेर । 
खै किन मैले किनमा त माक्र्सवादका ठुला ठेली देख्छु, लेलिनका विचार देख्छु, दर्शनशास्त्रका सोचका लहरहरु देख्छु, देख्छु म मनोविज्ञानका प्रयोगहरु, विज्ञानको सम्पूर्णता देख्छु । समग्रमा सारा ब्रह्माण्ड नै देख्छु । यी सारा कुराहरु, यी वाहेकका सारा कुराहरु पनि सायद किन भन्ने प्रश्नको खोजीका परिणाम हुन् । जहाँ जहाँ मानवले विजयको ध्वजा लहराएको छ, त्यहाँ कुनै न कुनै रुपमा किनको नै उत्तर मिलेको छ । संसारका जति पनि गहनतम, सुक्ष्म, विशाल, जटिल बस्तु, घटनाहरु देख्छु, तिनमा पनि किन नै पाउँछुं । 
अब सामान्य दैनिकी तर्फ फर्कौ । हामी साधरण जीवनलाई दिन धकल्दै गुजारीरहेका छौं । सायद यसमा पनि धेरै किन नै छन् र सम्भवत् त्यस्का जवाफ पनि छन् । धेरै टाढा त जानु नै पर्दैन्, मेरै सामान्य जीवनको आजको भाग मध्यको यो क्षणलाई किन लेख्नमा बिताईरहेको छु । यो किन भन्ने प्रश्न भयो र यसको उत्तर तिमीलाई बोध गराउन हो, किन के हो । कैयौ ठाउँबाट मैले किनको जवाफ खोज्ने प्रयास गरे, आंशिक, पूर्ण जेसुकै होस् केही हात पारे र अन्त्यमा बोध भयो सबैलाई किनको बोृध हुन्छ हुन्छ । 
अब म भनौ म किनमा इदम् पूर्णम् देख्छु ? यसको चुरो त कतै न कतै मैले तिमीलाई दिएको थिए र मेरो विश्वास तिमीले थाहा पनि पायौ । मैले जीवनलाई चाहे विशिष्ट होस् वा यान्त्रिक नै किन नहोस् , किन भन्ने शब्दले दौडाईरहेको देख्छु । बाध्य छन् । मानिस खान्छ किन, बाँच्न, काम गर्छ किन, जीविका चलाउन , पढ्छ, किन, भविष्यको सुन्दर सपना साचँैर, मित्रता गर्छ किन, अरुको साथ आवश्यक ठानेर, इत्यादि, इत्यादि । अर्थात सारमा मानिसको जीवन नै किनको उत्तर । 
यी त भए साधरण मानिसका दैनिकी । अब असाधरण तथा तथाकथित विशिष्ट व्यक्तिविशेषका सोचविशेष पछाडी लागौ । यहाँ पनि कुरा त त्यही नै भेट्टाउछौं । आइन्स्टाइनको सापेक्षतावादमा पनि किन र कसरी पिण्ड र 
शक्ति बिच सम्बन्ध छ भन्ने जवाफ छ, आइज्याक न्युटनको पुरै सिद्धान्त नै किनमा छ । किन र कसरी गुरुत्वाकर्षण बल, किन र कसरी बस्तुको गति वा स्थिरता निरन्तरता । यी इत्यादि जस्ता कुराहरु छन् । हामी नेपालीलाई नै सामान्य लाग्ने आन्दोलनका कुरा गरौं । मानिस क्रान्तिमा भाग लिन्छ किन, किनकी ऊ स्वतन्त्रताको भोको हुन्छ । मानिस शक्तिकेन्द्रको हर्ताकर्ता हुन चाहन्छ किन, ऊ गर्न चाहन्छ या त गर्न चाहन्छ, आफैलाई मात्र । दार्शनिकहरु गहिरो सोचमा डुब्छन् , यस्ता प्रश्नहरुको उत्तर खोज्न जु्न हामीलाई असम्भव लाग्छ या त मुख्र्याई लाग्छ । तर पनि उनीहरु त्यसको पछाडी हुन्छन् किन, किनभन्दा उनीहरुमा ध्याउन्न हुन्छ रहस्यको कुञ्जीँ पत्ता लगाउन, मानव कल्याण गर्ने वा आफैलाई प्रमाणित गर्ने ।
चाहे  किनको पछाडी जति नै उत्तर किन नआउन तर समग्रमा कुरा के भने सबै चिजमा किन हुन्छ, हुन्छ , चाहे त्यस किनको किन भन्ने प्रश्नको जवाफ रहस्यको गर्भमा लेकेको होस् या यथार्थको सतहमा तैरिरहेको होस् । तसर्थ म त देख्छु सम्पूर्णतामा किन, निपूर्णतामा किन, समग्रतामा किन । किन कारणको प्रश्न र कारण किनको जवाफ । सबै बस्तु र घटनाको कारण हुनुपर्ने अर्थात किन हुनै पर्ने । तसर्थ किन ब्रहमाण्ड, किन इदम पूर्णम ।