a FAITH, fading but still deepening.........

अभागि पुस्ता


एउटा खोला, बगिरहेको, बाङ्गोटिङ्गो बाटो पहिल्याउँदै............., खोला ? बिम्ब के ठीक होला ,म यो वाक्य पनि नटुङ्गाउदै सोच्न पुग्छु । के मेरो पात्र वा पात्रहरुको स्वभावगत वा नियतिसँग मेल खान्छ होला त ? पहिला एक मन भन्छ खोला त बग्छ निरन्तर, जुनसुकै बाटो भए पनि तर मेरा पात्रहरु त कोही गएर रोकिन्छन वा रोकाईन्छन् वा निस्तेज हुन्छन्, बनाईन्छन् । उनीहरुको सिर्जनशिलता वा उर्वरता त्यहाँ गएर रोकिन्छ । खोला त त्यस्तो हुदैन् । ऊ त जति बाधाव्यवधान भए पनि अगाडि बढ्छ । तर हैन फेरी अर्को मनले यस्तो पनि सोच्छ । हेर्ने दृष्टिकोण हो । खोलालाई बाँध बाँधी उसको बाटो परिवर्तन गरिए जस्तै मेरा पात्रहरुको पनि त बाटो परिवर्तन भएको भन्न सकिन्छ । उनीहरु त्यो खाडलमा, त्यो धरापमा पुगेर निस्तेज त हुन्छन् तर नकारात्मक परिवर्तनलाई पनि त परिवर्तन भन्न सकिन्छ नि । उनीहरु त्यहाँ पुगे पछि उनीहरुको सकारात्मक पक्षले अल्पविराम पाउँछ र सम्भवत पूर्णविराम नै । उनीहरुको नकारात्मक पक्षले पोषित हुने मौका पाउँछ, मलित जलित हुन्छ अनी मौलांउदै  जान्छ । ऐजेरु बनेर आशातित पक्षलाई सखाप पार्दै जान्छ । हो...हो...पक्कै पनि खोला शब्द नै ठीक हुन्छ होला ।

हिमालको रोदन अनि उत्पत्ति, त्यसपछि विभिन्न कसिमा उभिदै पछारिने, हिड्ने, लड्ने, संघर्ष गर्ने......। यो एउटा बाटो सामान्य प्रक्रिया जस्तो । आफ्नो मनोभावलाई कुल्चदै निस्कनु पर्ने, यो बाटोबाट त्यो आशातित फलतर्फ, एक बाध्यता । यी सबै कुराहरु लगभग सामान्य हुन्, कुनै रोजाई विना , पहिल्यैबाट भई आएको, पहिल्यैबाट लेखिदै, बोलिदै आएको । 
तर मरो विषयबस्तु वा मलाई खड्कने ठाउँ अर्कै छ । माथिका बाटाहरुमा त उसलाई हिड्नै पर्छ र हिड्छ पनि किनकि ऊ भन्न पाउँदैन यो बाटो अफ्ठारो छ, म यो छाडेर त्यो बाटो जान्छु । ऊ हिड्छ नै । मैले इङ्गित गर्न खोजेको  त त्यो अप्राकृतिक बाधा  व्यवधानको हो जुन नहुनुपर्ने हो तर छ । यो एउटा यस्तो धराप हो जुन कालोछिद्र समान छ र उम्कने ठाउँ नै छैन । 
मान्छेले आफ्नो स्वार्थको लागी अरुलाई पेल्छ, निचोर्छ, सुकाउँछ । यी त देखिदै आएका भोगिदै आएका हाम्रा नियतिहरु भए । तर यहाँ त यो भन्दा पनि बर्बरता छ । यहाँ मेरो खोलाले सुख पाएन यत्तिकैमा । कसैको मस्तीको निम्ति एउटा सिङ्गो खोलालाई नै तिलाञ्जली दिईदै छ । खोला पनि भ्रमित भएर चिनीको चास्नीको मिठासताका बग्दै जान्छ, फस्दै जान्छ , प्रदुषित हुदै जान्छ निरन्तर । मानौ ऊ देख्ने अन्धो हो र सहारा त्यही घाती लोरौ । आहो कस्तो भयावह दृष्य, त्यो भिमकाय स्वार्थ, कुनै दन्त्य कथाको  दानव जस्तो र यो निम्छरो खोला, चुम्बक तर्फ तानिएजस्तै । एउटा समयनै मरभुमिकरण हुदैछ । खोलाबाट सिर्जना हेने सम्भावित रचनाहरु ध्वंशमा परिणत हुदैछ त । ऊ गईरहेको छ , जान्ने बुझ्ने अबुझ जस्तो । प्रकृतिको नियम विपरित खुट्टामा आफै बञ्चरो हान्दा ऊ हाँसिरहेको छ र त्यस हाँसो समेत कतै विलाईरहेको छ अरुलाई चरु बनाउनेको अट्टहाँसमा.....................................................
 एस.के.किरन
                २०६६÷०९÷०६